श्रीमतीलाई बलात्कार गरेको भन्दै अदालतद्वारा ३ वर्ष कैद र २५ हजार रुपैयाँ जरिवाना


mahila 1





ओखलढुगा, असार ५ – श्रीमतीलाई बलात्कार गरेको आरोपमा जिल्ला अदालत ओखलढुंगाले एक पुरुषलाई ३ वर्ष कैद र २५ हजार रुपैयाँ जरिवाना गरेको छ ।
आफूलाई बलात्कार गरेको भन्दै श्रीमतीले दिएको जाहेरीमा सुनुवाइ गर्दै जिल्ला अदालत ओखलढुंगाका न्यायधीश उद्धवप्रसाद भट्टराईको इजलासले च्यानम गाविस ८ का २९ वर्षे नारायणबहादुर वस्नेतलाई तीन वर्ष कैद र २५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको हो ।
अदालतकोआदेशले आरोपित बस्नेत यसअघि नै पुर्पक्षका लागि थुनामा रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक दिपककुमार शाहले जानकारी दिनुभयो ।श्रीमान्ले रक्सीले मातेर कुटपिट गर्नुका साथै यौनजन्य हिंसा गर्ने गरेकाले उजुरी दर्ता गरेको पीडित महिलाले बताएकी छन् । पीडितले ०७२ चैत १५ जवरजस्ती करणी गरेको जाहेरी दिएपछि प्रहरीले आरोपितलाई पक्राउ गरि चैत १८ गते जवरजस्ती करणी मुद्दा दर्ता गरेको थियो । ओखलढुंगामा श्रीमान्लाई श्रीमतीमाथि बलात्कार आरोपमा मुद्दा दर्ता भइ सजाय भएको पहिलो पटक हो 
SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment